धरान : कोसी अस्पताल विराटनगरमा आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ पुगेको छ ।

आज बेलुका विराटनगर– ८ मधुमारा बस्दै आएका ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई हिजो कोसी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब सङ्कलन गरेको थियो । आज बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा आज दिउँसो उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

हिजो भर्ना भएका ४७ वर्षीय पुरुषको आज बेलुका मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।