धरान : धरान उपमहानगरपालिकामा लकडाउन फेरि भदौ १० गते सम्मलाई थप गरिएको छ ।

धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले यस भन्दा अघिको लकडाउनको मोडालिटीमा थोरै परिवर्तन गरेर धरानमा कायम रहेको लकडाउनलाई भदौ १० गते सम्म जारी राख्ने निर्णय भएको कार्यपालिका बैठकमा सहभागी धरान ९ का वडाध्यक्ष रत्न कटुवालले जानकारी दिएका छन् ।

धरानमा दिनानुदिन कोरोना संक्रमित बढिरहेकोले समुदाय स्तरमै कोरोना सङ्क्रमण फैलिएकोले लकडाउन थप गरिएको हो । अव देखि लकडाउनको समयमा धरानमा अत्यावश्यक खाद्यान्न, तरकारी र दुग्ध जन्य सामाग्रीका लागि बिहान ८ बजे सम्म सामाजिक दुरी कायम गरी खुल्ला गर्ने पनि निर्णय भएको छ ।