धरान : मोरङ जिल्लाको धनपालथान गाउँपालिका -६ कदमाहमा बस्ने वर्ष ४५ वर्षीय उमेश शर्माको पानीमा डुबी मृत्यु भएको छ ।

शर्माका मानसिक सन्तुलन गुमेको परिवारजनले ले बताएका छन । शर्मा आफ्नै घर बाट ५ सय  मिटर पश्चिममा रहेको रोडको नालीको पानीमा डुबेको मृत अवस्थामा फेला पारेको मोरङ प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीको टोली घटना स्थलको मुचुल्का गरी शवलाई कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।