विराटनगर : अध्ययनका लागि चिन जान नपाउने अर्कोतिर प्राक्टिकल अध्ययन बिना प्राप्त प्रमाणपत्रलाई मान्यता दिन नसके पछि नेपाल मेडिकल काउन्सिलकोचिकित्साशास्त्रका विद्यार्थीहरू अप्ठ्यारोमा परेका छन् । जनगणतन्त्र चिनका विभिन्न मेडिकल कलेजमा अध्ययनरत ५ सय बढी नेपाली विद्यार्थीहरू पुनः अध्ययनका लागि चिन जान नपाउँदा समस्यामा परेका छन् ।

चिन सरकारले (कोभिड-१९) कोरोना सङ्क्रमणका कारण भिसामा रोक लगाएको छ । जसका कारण विद्यार्थीहरू मारमा परेका हुन् । नेपाल सरकारले चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरूको संवेदनशीलता बुझेर भिसा अनुमतिका लागि कुनै पहल नगरेका कारण पनि समस्या भएको पीडित विद्यार्थीहरूको दाबी छ ।चिनमा कोरोना भाइरस महामारी नियन्त्रण भइसके पनि विश्वका अन्य मुलुकमा फैलिइरहेको कारण चिनले विदेशी नागरिक तथा विद्यार्थीहरूलाई आफ्नो देश भित्रिन कडाइ गरेको छ ।

साउथर्न मेडिकल युनिभर्सिटी ग्वान्जाओमा एमबिबिएस अध्ययनरत भक्तपुरका लक्ष्मीराज घिमिरेले भने 'चस्मा किन्ने नाममा वा हेलमेट किन्ने नाममा भिसाको पहल गरिदिने नेपाल सरकारले आफूहरूको संवेदनशीलता नबुझेको ' बताए ।सामान्य बिजनेस मेनहरूलाई चाहिँ भिसा दिइरहेको छ, तर हामीलाई दिँदैन ।   एकातिर अध्ययनका लागि चिन जान नपाउने अर्कोतिर प्राक्टिकल अध्ययन बिना प्राप्त प्रमाणपत्रलाई मान्यता दिन नसकिने नेपाल मेडिकल काउन्सिलको स्पष्टोक्तिले विद्यार्थीहरू झन् अप्ठ्यारोमा परेका छन् । 

 चिनको शान्ति प्रदेशको सिया च्याउथोङ युनिभर्सिटीमा मास्टर्स सर्जरीमा अध्ययनरत चितवनका एङ्गेल्स न्यौपानेले भने, 'हामीले सरोकारवाला सबैलाई निवेदन दिएका छौँ, हुन्छ हुन्छ मात्रै भन्छन्, तर काम भएन ।' न्यौपानेका अनुसार ५ सय नेपाली विद्यार्थीहरू चाइनाका विभिन्न मेडिकल युनिभर्सिटीमा अध्ययन गर्दै आएका छन् । त्यसमध्ये ३ सय एमबिबिएस र २ सय मास्टर्सका हुन् । उड्डयन तथा पर्यटन मन्त्रालय, राष्ट्रपति कार्यालयमा पनि निवेदन दिएका छौँ, सचिवहरूले पहल गर्छौँ भनेका थिए, अहिले सोध्दा हुँदै छ तपाईँहरूको कागज आउँदै छ भन्छन् । तर, अहिलेसम्म काम भएको छैन ।उनले भने फोनबाट राम्रो रेस्पोन्स पनि हुँदैन।

चाइनाको शिक्षा मन्त्रालयले भर्खरै कलेजहरूले नोटिस पठाए मात्रै बोलाउने नत्र नबोलाउने भन्दै सूचना जारी गरेको छ । यही बिचमा चाइनामा अध्ययन गरिरहेका पाकिस्तान, कोरिया तथा बङ्गलादेशका विद्यार्थीहरू अध्ययनका लागि चिन फर्किसकेको भए पनि नेपालबाट आफूहरू जान नपाएको उनीहरूको गुनासो छ ।