धरान धरान १३ का एक कोरोना सङ्क्रमितका बुवा र श्रीमतीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । दुबईबाट आएका धरान १३ का एक युवामा कोरोना देखिएपछि कनट्र्याक्ट ट्रेसिङको क्रममा साउन ३० गते जानकी चौकमा १ सय १७ जनाको स्वाब लिइएको थियो । त्यस मध्ये आज कोरोना सङ्क्रमितका बुवा ६७ वर्षीय बृद्धा र २६ बर्षीया श्रीमतीमा पनि कोरोना देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

कोरोना संक्रमित युवा होम आइसोलेसनमा बस्दै आएको थिए भने थपिएका उनीहरू पनि होम आइसोलेसनमै बस्ने तयारी भइरहेको १३ नम्बर वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।