धरान : प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा सबै भन्दा धेरै १ सय ५, झापामा २०, सुनसरीमा ६, सङ्खुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, सङ्खुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा सङ्क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३२ पुगेको छ ।

प्रदेश १ बाट आज ३४ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार १ सय ३३ पुगेको छ ।

प्रदेश १ मा आज २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।