धरान : सुनसरीमा आज बिहान अहिले सम्मकै धेरै ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज बिहान कोरोना संक्रमित हुनेहरूमा सुनसरीको हरीनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकाको ४ जना पुरुष, दुहबी नगरपालिकाको ३ जना महिला ८ जना पुरुष सहित ११ जना, रामधुनी नगरपालिकामा २ जना पुरुष, र बर्जु गाउँपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएका छन् ।

यो सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ७२ पुगेको छ । आज संक्रमित पुष्टि भएका अधिकांश समुदाय स्तरकै व्यक्तिहरू रहेको बताइएको छ ।