इटहरी : बिप्लब सम्बद्ध माओवादी विद्यार्थी संगठनले जनता बहुमुखी क्याम्पस इटहरीका सहप्राध्यापकहरु राजन भट्टराई र कृष्णकला राई बिचको फोन संवादको बिषयलाई  ढाकछोप गर्ने खोजे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

सह-प्राध्यापक जस्तो गरिमामय पदमा बस्ने व्यक्तिबाट सम्पुर्ण क्याम्पसको बेइज्जत गराउने गरि अश्लील शब्द प्रयोग भएको र त्यसलाई राजनैतिक आडमा लुकाउन खोजे जो कोहि लाई पनि कारबाही गर्ने संगठनले बताएको छ ।

गत साउन २९ गते सार्वजनिक भएको उक्त अडियोको बारेमा सत्य तथ्य छानविनको माग गरेको हो । मङलबार एक विज्ञप्ति जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सम्बन्धित निकाय मौन रहेको कारण घटना ढाकछोप हुन लागेको बताएको छ ।

सुनसरी जिल्ला अध्यक्ष नतासा सुवेदीद्वारा जारी बिज्ञप्तीमा दुवै प्राचार्यको कारण कलेजको नाम खराब भएको र घटनाको दोषि पत्ता लगाइ तत्काल कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । घटनाले प्राध्यापक प्रति बिश्वासको बातावरण नरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस बिषयलाई गम्भीर रुपमा नलिए क्याम्पस प्रमुख र व्यवस्थापन समिति अध्यक्ष सहितलाइ कडा कारबाही गरिने सुवेदीले बताइन् । घटना गम्भीर भएको र यसले क्याम्पसको हित नगर्ने भन्दै उनले अझै ढाकछोप गरे दुर्घटना निम्तन सक्ने चेतावनी दिएकी छिन ।