धरान : सुनसरीमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सुनसरीमा आज कोरोना संक्रमित अहिले सम्मकै धेरै ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले जानकारी दिएका छन् ।

आज बिहान थपिएका ३५ जना बाहेक थप धरान ९ का एक जना २३ वर्षीय पुरुष र अर्को ६५ वर्षीय पुरुष ठेगाना नखुलेको रहेको बताइएको छ । आज थपिएका सँगै सुनसरीमा ३ सय ७४ जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको छन् ।