धरान : प्रदेश १ मा आज ३३ महिला र ९० पुरुष गरी १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, बिर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज सङ्क्रमण पुष्टि भएकामा भारतका १ महिला र १ पुरुष पनि रहेका छन् । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ५५ पुगेको छ ।

प्रदेश १ मा आज २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आइसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।