धरान : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ। हालसम्म मृतक १ सय २० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३ सय ८८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार ४सय ६१ पीसीआर परीक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ सय २० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार १ सय १८ जना रहेको छ ।