झापा : सानो माई खोलाले बगाएर बेपत्ता भएका झापा गाउँपालिका-२ झापाका १५ बर्षीय राजु भण्डारी मृत फेला परेका छन् ।

बुधवार साँझ ७ बजेको समयमा उक्त खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता भएका बालकको खोज तलास गर्ने क्रममा बिपद ब्यबस्थापन गुल्म चन्द्रगढीबाट खटिएको प्रहरी टोलीले आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिण मृत फेला पारेको हो ।

घटना बारेमा सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।