धरान : धरान-१६ बाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।

स्थानीय ३४ बर्षीय किरण धिमालले आफ्नै घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो ।

घरबाट गाँजा बरामद भए संगै धिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।