धरान : धरान १५ का एक जना ७१ वर्षीय वृद्धको हिजो अचानक मृत्यु भयो । उनको मृत्यु भएपछि कोरोना आशङ्का गरी आज स्वाब लिइएको छ ।

उनी धरान-८ को सिद्धकाली चौकमा बस्दै आएका थिए । उनी केही दिन अघि देखि बिरामी थिए । उनमा कोरोनाको लक्षण जस्तो पनि देखिएको बताइएको छ । हिजो धरा-१५ मा छोराले बिरामी अवस्थामा ल्याएका थिए ।

सोही क्रममा उनको मृत्यु भएको थियो । उनको आफन्तहरू कोरोना संक्रमण पुष्टी भएका व्यक्तिको पसलमा काम गर्ने भएकोले पनि कोरोना सङ्क्रमणकै कारण उनको मृत्यु भएको हो की भनेर आशङ्का गरिएको बताइएको छ ।

कोरोना संक्रमित सँग नजिक उनी आफै पनि रहेको र आफन्त पनि भएको भन्दै उनको स्वाब सङ्कलन गरी परीक्षण गर्न माग भएकोले धरान उपमहानगरपालिकाले आज मृतकको स्वाब सङ्कलन गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

कोरोनाको महामारीको बेलामा संक्रमित हुनेहरूको नजिक बसेको र उनको आफन्त पनि सङ्क्रमितको पसलमा काम गर्ने भएकोले ७१ वर्षीय वृद्धको मृत्यु भएपछि कोरोना आशङ्का गरी कोरोना परीक्षणका लागि धरान उपमहानगरपालिकालाई आग्रह गरिएको नेकपाका नेता मुक्सामहाङ मेन्याङबोले बताए । उनको रिपोर्ट के आउँछ ? त्यही अनुसार स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने उनले बताए ।