धरान : सुनसरीमा आज ४ सशस्त्र प्रहरी सहित १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुनसरीको श्रीपुर स्थित सीमा क्षेत्रमा खटिएका ४ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण भएको सशस्त्र प्रहरी बल सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिएका छन् ।

यो सँगै आज दुहबी नगरपालिकामा १ जना पुरुष, रामधुनी नगरपालिकामा १ जना पुरुष गरी ६ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १२ सहित आज १८ जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिए । आज थपिएका कोरोना सङ्क्रमितहरू सुनसरी जिल्ला बाहिरका पनि रहेका छन् ।