धरान : नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ। देशभर ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा रहेका छन्।

बिहीबार देशभर ११ हजार ५ सय ५५ सक्रिय संक्रमित रहेका छन्।