धरान : धरान उपमहानगरपालिकाको २० वडा मध्ये धरानका तीन वटा वडामा अहिले सम्म कोरोना संक्रमित शून्य रहेको छ ।

अहिले धरानको २० वटा वडा मध्ये धरान १२,१४ र २० नम्बर मा अहिले सम्म कोरोना संक्रमित भेटिएका छैनन् । अहिले सम्म धरान उपमहानगरपालिकामा मात्रै ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकामा सङ्क्रमितको सङ्ख्या सय नाघ्न आँट्दा पनि तीन वटा वडा धरान १२,१४ र २० नम्बर वडामा एक जना पनि कोरोना संक्रमित नभेटिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

धरान १ मा २ जना पुरुष, धरान २ मा १ जना महिला, धरान ३ मा ३ पुरुष, ३ महिला गरी ६ जना, धरान ४ मा १ जना महिला, धरान ५ मा ४ जना पुरुष, धरान ६ मा २ जना पुरुष, धरान ७ मा २ जना महिला, धरान ८ मा ६ पुरुष २ महिला गरी ८ जना, धरान ९ मा १ पुरुष, १ महिला गरी २ जना, धरान १० मा ४ पुरुष र १ महिला गरी ५ जना, धरान ११ मा ७ पुरुष १ महिला गरी ८ जना, धरान १३ मा ७ पुरुष २ महिला गरी ९ जना, धरान १५ मा ११ पुरुष ७ महिला गरी १८ जना, धरान १६ मा ८ जना पुरुष ३ जना महिला गरी ११ जना, धरान १७ मा २ जना पुरुष १ जना महिला गरी ३ जना, धरान १८ मा ५ पुरुष ५ महिला गरी १० जना, धरान १९ मा ३ पुरुष २ महिला गरी ५ जना गरी जम्मा अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ९७ पुगेको छ । यो मध्ये विदेशबाट आउने ४१ जना र समुदायका ५६ जना रहेको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानमा समुदायमा कोरोना फैलिएको हो की होइन ? भनेर मास टेस्टिङको क्रममा धरानमा करिब २ हजार जनाको पिसिआर परीक्षण भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । यो क्रममा धरानका २० वटा वडा मध्ये धरान १२,१४ र २० नम्बर वडामा भने कोरोना संक्रमित नदेखिएको बताइएको छ ।

Warda-Bibaran

आज १ सय ७१ जनाको स्वाब सङ्कलन
धरानमा आज १ सय ७१ जनाको स्वाब सङ्कलन गरिएको छ ।

धरान १४ विजयपुरमा होम क्वारेनटाइनमा बसेका ७४ पुरुष, १८ महिला गरी ९२ जनाको स्वाब लिइएको छ । यसै गरी आज नै धरान १७ को एन्फा क्वारेनटाइनमा ५७ पुरुष र २२ महिला गरी ७९ जनाको स्वाब लिइएको छ । आज लिइएको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबमा पुर्‍याएको बताइएको छ ।