धरान  : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ५० जना कोरोना संक्रमणमुक्त भएको बताएका छन् 

यससहित नेपालमा हालसम्म १८ हजार २ सय १४ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म १ सय ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।