धरान : धरान-१५ मा कोरोना आशङ्का गरी मृत्यु भएका एक जना ७१ वर्षीय वृद्ध पुरुषमा कोरोना नेगेटिभ रिपोर्ट आएको छ ।

उनी कोरोना संक्रमितहरुसंग नजिक रहेको र उनमा कोरोनाको जस्तै लक्षण देखिएको भन्दै उनको मृत्यु पछि पिसिआर परीक्षण गर्न समुदायले माग गरेपछि उनको मृत्युपश्चात स्वाबको नमुना लिइएको थियो ।

उनको कोरोना नभएको रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । बृद्धको मृत्यु भदौ ४ गते भएको थियो ।