धरान : धरानमा आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक जना नर्स सहित ६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

प्रतिष्ठानको पिआइसियुका ३० बर्षीया नर्स, बीपीको कोभिड १९ अस्पतालमा उपचाररत १९ बर्षीया महिला, सर्जरी वार्डमा खुट्टाको स्टेण्ड निकाल्न उपचारका लागि आएका बिरामीका आफन्त सिराहाका २४ वर्षीय १ पुरुष, धरान १२ ठेगाना लेखिएका धरान १७ का बर्दिबासको अख्तियार कार्यालयमा कार्यरत कर्मचारी ४९ वर्षीय एक पुरुष, धरान १७ ठेगाना लेखिएको विजयपुर हस्पिटलका रेडियोग्राफर ५४ वर्षीय पुरुष र दुहबीका ४५ वर्षीय पुरुष रहेका छन् ।

नर्स र विरामीका कुरुवा कन्ट्याक ट्रेसिङको क्रममा उनीहरुमा कोरोना पोजेटिभ भेटिएको हो । उनीहरुको स्वाब बीपीको हेल्प डेक्समा लिईएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । सिराहाका संक्रमित भने धरान १७ को एन्फा क्वारेनटाइनमा रहेका छन् । 

आज संक्रमित हुनेहरूमा ३० वर्षीया नर्स धरान ११ र अन्य दुई पुरुष ५४ र ४९ वर्षीय बाहेक अरू ३ जना धरान बाहिरको रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । आज थपिएका संगै धरानमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।