धरान : आज सुनसरीमा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार आज धरानमा २ महिला र २ पुरुष सहित ४ जना, इटहरीमा ५ महिला र ३ पुरुष सहित ८ जना, दुहबीका १ जना पुरुष र गढी गाउँपालिकामा १ जना महिला र ३ जना पुरुष सहित ४ जना गरी जम्मा अहिले सम्ममा सुनसरीमा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ ।