धरान : २४ घण्टामा देशभरमा ६३४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका सङ्क्रमित सहित देशभरमा सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

१८ हजार ३ सय ५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सुनसरीकी ६ वर्षीय बालिका र ६७ वर्षीय पुरुष, पर्सा जिल्लाका ६१ वर्ष, ५८ वर्ष र ४८ वर्षका पुरुष, बाराका ५८ वर्षीय पुरुष, सिराहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् ।

देशभरमा मृत्यु हुनेका सङ्ख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।