धरान : उदयपुरमा गोठमा बाँधीएका दुधालु भैँसी चोरी गर्ने तीन जना पक्राउ परेका छन ।

उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेमा प्रेमप्रसाद भट्टराईका गोठबाटै दुई वटा भैँसी चोरी गर्ने तीन जना पक्राउ परेको प्रहरीले जानकारी दीएको छ ।

गत साउन २७ गते राति भट्टराईले आफ्ना भैँसीलाई घाँस हालेर सुतको तर बिहान उठेर दूध दुहुन जाँदा भैँसी हराएको थाहा पाएपछी प्रहरीलाई खबर गरेका थिए ।

करिब दुई लाख मूल्य बराबरका भैँसी गोठबाटै हराएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट टोली खोजिमा खटेको थियो । टोलीले सिरहा र सप्तरी जिल्लामा समेत खोजतलास गरी तीन जनालाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरी खड्ग नगरपालिका-२ स्थायी घर भई हाल त्रियुगा नगरपालीकापा-६ जलजलेमा बसाससोवास गरी भैँसीको व्यापार गर्ने २८ वर्षीय तफेजुल अन्सारी, सिरहा महेशपुरपतार नगरपालिका-२ निवासी ३० वर्षीय इनुस भन्ने कुदुस मियाँ र सिरहाको गोलबजारका ३४ वर्षीय चन्द्रेश्वर साह रहेको प्रहरीले जनाएको छ ।

भैँसी चोरी गर्ने तीन जनासहित चोरीमा प्रयोग भएका मोटरसाइकल र ना १ ज २३४० नम्बरको पिकअप नियन्त्रणमा लिई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको दाहालले बताए ।