पथरी : युरिया मलको अभाव झेलिरहेका प्रदेश नम्वर १ का किसानले केहि दिनमै युरीया मल पाउने भएका छन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले प्रदेश नम्वर १ का १४ र प्रदेश नम्वर २खका सिराहा र सप्तरीमा युरीया मल उपलव्ध गराउने भएको छ ।

ति जिल्लाका कृषी सहकारीले किसानलाई युरिया मलको वितरण गर्ने भएको प्रदेश नम्वर एकको भुमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयका प्रवक्ता डा राजेन्द्र उप्रेतीले जानकारी दिए ।

उनका अनुसार भारतवाट कोरोनाका कारण नेपाल ढुवानी गर्न समस्या भएकै कारण पनि समयमा किसानले युरीया मल प्राप्त गर्न नसकेका हुन । ‘कोरना प्रभावका कारण भारतमा युरीया लोड गर्ने श्रमीककै अभाव भयो त्यस कारण पनि समयमा नेपालमा युरीया आइ नपुगेको हो ’ उप्रेतीले भने ‘केहि दिनमै किसानले युरीया पाउछन् ’ ।

भन्सार प्रक्रिया पुरा गरेर विराटनगर सम्म आएको युरीया साल्ट ट्रेडिङ्गले केहि दिन वाटै वितरण सुरु गर्ने उनले बताए । साल्ट ट्रेडिङ्गले नुन चिनी र रसायनिक मलको विक्रि वितरण गर्दै आएको छ ।

साल्ट ट्रेडिङ्गले पुर्वमा ६ हजार टन युरीया ल्याउने भएको छ । विराटनगर, विर्तामोड, लहान र राजविराजका विभिन्न कृषि सहकारीलाई युरीया वितरण गर्न गरिने उप्रेतीले जानकारी दिए ।

नेपाल भरि २५ हजार टन युरीया आउने र पुर्वमा ६ हजार टन वितरण हुने उनको दाबी छ । युरीयाको अभावका कारण पुर्वका किसानले धानमा युरीया हाल्न पाएका छैनन् ।