धरान : धरानमा एक विद्यार्थीले आत्महत्या गरेका छन् ।

धरान-१५ महादेव चोक घर भएका १७ वर्षीय प्रवेश कुमार लिम्बुले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान ५ बजेको समयमा टिनको छानो भएको घरको बलोमा तन्नाको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

उनी नवज्योति माध्यमिक विद्यालय कक्षा-१० मा अध्ययनरत विद्यार्थी थिए । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।