धरान : धरानमा समुदाय स्तरमा कोरोना सङ्क्रमण भयो भन्दै साउन २२ गते देखि धरान उपमहानगरपालिकालेनै लकडाउन घोषणा गरेको छ ।

धरान उपमहानगरपालिकाले दोस्रो पटक भदौ १० गते सम्मलाई लकडाउनको समय थप गरेको छ । लकडाउन घोषणा गरेर धरानमा समुदाय स्तरमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सर्वसाधारण घर बाहिर ननिस्किन भनेर यस्तो घोषणा गरिएको हो । तर धरानमा पछिल्लो समय लकडाउन नाम मात्रैको लकडाउन भएको छ । बिहान ८ बजे सम्म अत्यावश्यक खाद्यान्न र तरकारीका लागि मासिन आउजाउ गर्ने र तरकारी किन्न घर बाहिर निस्किन पाउने भनिएको छ । तर अहिले आएर बिहान ८ बजे सम्मको समय कृषि बजार बाहेक कहीँ पालना भएको पाइँदैन । धरानका मुख्य बजार क्षेत्रमा मोटरसाइकल र कार जिपको पार्किङले के देखाउँछ भने धरानमा लकडाउन नै छैन ।

बिहान धरान ३ को चिनियाँ चौकमा तरकारी बजारमा निकै भिडभाड हुने गर्दछ । त्यहाँ सामान्य सुरक्षा मापदण्ड अपनाइएको छ की छैन ? यसबारेमा सम्बन्धित निकायको उपस्थिति पटकै देखिँदैन । यसै गरी पुतली लाइन, मुख्य सडक धरानको भानुचौक देखि उत्तरको सडक किनारामा रोकिएका सवारीको भिडले के देखाउँछ भने धरान उपमहानगरपालिकाले घोषणा गरेको लकडाउन घोषणामा मात्रै सीमित देखिन्छ ।

धरानमा लकडाउन धरानको मुख्य चौक भानुचौममा मात्रै गरिएको जस्तो देखिन्छ । त्यहाँ केही प्रहरीहरूलाई परिचालन गरिएको छ भने अन्त कहीँ पनि नत प्रहरीले रोक लगाएको छ न नगर प्रहरीले नै । धरानमा लकडाउन नाम मात्रैको हुनु र जनताको अटेरीपनले झन् झन् कोरोनाको जोखिम बढ्दै गइरहेको छ । यसबारेमा धरान उपमहानगरपालिकाको ध्यान जान अत्यन्तै जरुरी भएको छ ।

सुनसरी जिल्लाको स्थानीय निकाय मध्ये सबै भन्दा धेरै १०१ जना कोरोना संक्रमित धरानमै पुष्टि भएका छन् । दुई जनाको त मृत्यु नै भएको छ । यो सँगै २६ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । यसले गर्दा पनि धरान अत्यन्तै जोखिममा छ । समुदायलाई कोरोनाबाट जोगाउन लकडाउनलाई कि त कडाइ पार्नुपर्‍यो । होइन भने सर्वसाधारणलाई त्यतिकै छोडिदिनुपर्‍यो ।

Locdaun-1 Locdaun-5 Locdaun-2 Locdaun-4 Locdaun-7 Locdaun-6 Locdaun-8 Locdaun-9