धरान : देशभरका विभिन्न जिल्लामा ८ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर कुल कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट निको भएर १८ हजार ६ सय ३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् । भने अहिले सम्म कोरोनाको कारण १ सय ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।