धरान : एउटै बालिकालाई पालैपालो बलात्कार गरेको आरोपमा धनकुटामा दुई युवा पक्राउ परेका छन ।

धनकुटा नगरपालिका-१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङ र निगालेकै १९ बर्षीय निकेश तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी गोबिन्द अधिकारीले बताए ।

ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाँली घरमा लगेर बलात्कार गरेको र त्यसको भोलिपल्ट बिमलले पनि उनैलाई बलात्कार गरेको आरोप छ ।

घटनाको नौ दिनपछि निकेश र एघार दिनपछि बिमल पक्राउ परेका हुन् । आरोपीतलाई म्याद थप गरि अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।