धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा कोरोना आशङ्का गरी उपचारको क्रममा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।

रामधुनी नगरपालिका वडानं. ३ निवासी महिलामा श्वास फेर्न गाह्रो हुने समस्या भएपछि उनलाई कोरोना आशङ्का गरी उनको स्वाब परीक्षण गर्दा उनको रिपोर्ट कोरोना नभएको नेगेटिभ रिपोर्ट आएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मृतक महिलाको २ महिने बच्चा पनि भएको बताइएको छ । आज बिहान बीपीमा थप अर्को पनि कोरोना सङ्क्रमितको मृत्यु भएको हल्ला बाहिर आएको थियो । मृतकमा कोरोना नदेखिएको बताइएको छ ।