धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइसियुमा उपचाररत १ जना, मेडिसिन वार्डमा उपचाररत ३ जना, सर्जरीमा उपचाररत १ जना र कोभिड १९ अस्पतालमा कोरोना आशङ्का गरी भर्ना भएका ३ जना बिरामी गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरू मध्ये १ जना प्रदेश १ को मोरङका पुरुष रहेका छन् भने अरू सबै प्रदेश २ को सिराहाका ३ जना, सप्तरीका ३ जना र धनुषाका १ जना रहेको र उनीहरूको उमेर समूह २० वर्ष देखि ८० वर्षका सबै पुरुष रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले जानकारी दिएका छन् । कोरोना संक्रमित सबै बिरामीलाई कोभिड अस्पतालमा सारी सकिएको बताइएको छ ।