इटहरी : लिबरल सोसाइटीले रचनात्मक काम सहित सरकारको विरोध गर्ने अभियान सुरु गरेको छ । सरकारको भर नपरौँ, आफैँ सचेत बनौँ भन्ने मूल नाराका साथ सोसाइटीले सार्वजनिक स्थलमा स्यानिटाइजर छर्कने काम गरेको हो ।

सोसाइटीका अध्यक्ष सुवेक्छु देवानका अनुसार कोरोनाको कारण विश्व नै आक्रान्त भइरहेको बेला सरकार सत्ता समीकरणमा लागेर जनतालाई बेवास्ता गरेको भन्दै आफैँ सचेत हुन जनचेतना अभियान सुरु गरिएको हो ।
सोमबार बिहान सोसाइटीका सय बढी युवाले इटहरी २० तरहराका एटिएम ,औषधि पसल , प्रहरी चौकी , हाँसपोसा सामुदायिक बन ,पेट्रोल पम्प र केही सङ्क्रमितहरूका घर आगान टोल मा सेनीटाईज गरेका छन् ।

व्यक्तिगत दुरी कायम गरौँ साबुन पानीले हात धोऊ, नबसौँ सरकारको भरमा कोरोना आइसक्यो घरघरमा भन्ने नारा सहित युवाहरूले सरकारकाे विरोध पनी जनाएका हुन् ।

हामी पूर्ण फेरी अरू ठाउँहरूमा सेनिटायीज् गर्छौ ।, उनले भने, यो महामारीमा पनि आफ्नो स्वास्थ्य जोखिममा राखेर अगाडि बढ्ने स्वास्थ्यकर्मी र नेपाल प्रहरी प्रति हार्दिक धन्यवाद दिन चाहन्छौँ ।