धरान : अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष देखि फरार रहेका यादव पक्राउ आइतबार कोशी कटान क्षेत्र ७ बाट पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी साविक नरसिंह ४ घर भएका हाल भोक्राहा नरसिंह ७ बस्ने ३७ बर्षीय वुदर भन्ने विदुर यादव रहेका छन । फरार रहेका यादव दाङ जिल्लामा आफन्तकोमा बस्दै आएका थिए ।

लकडाउनमा उनी घर फर्केको गोप्य सुराकीका आधारमा यादव पक्राउ परका थिए । लकडाउनको समयमा यादवलाई पक्राउ गर्ने सफल भएको सुनसरी प्रहरी प्रमुख कमल थापा बताउँछन ।

यादवले गत २०६५ साल चैत २० गते रातको ११ बजेर ४५ मिनेटको समयमा सुनसरी जिल्लाको इनरुवा ३ बस्ने ४८ बर्षीय खिलानाथ ढकाललाई मोटरसाइकलमा आई अपहरण गरी शरीर बन्धक बनाएको भनी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडितको छोरा राजु ढकालले जाहेरी दिएका थिए ।

सुनसरी जिल्ला अदालतले गरेको अन्तिम फैसला अनुसार यादवलाई २०७० असोज ६ गते ११ वर्ष कैद र १ लाख जरिवाना तोकेको थियो ।

पक्राउ परेका यादवलाई जिल्ला अदालत सुनसरीमा बुझाई  कैद भुक्तानकालागी कारागार झुम्का पठाएको थापाले बताए ।