धरान : प्रदेश १ मा आज २४ महिला र ४० पुरुष गरी ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिनेहरूमा मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  विराटनगरमा आज २३ जनामा सङ्क्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहबीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बाह्रदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, सङ्खुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ७ सय २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबमट १२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनको सङ्ख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ ।  मन्त्रालयका अनुसार आज सम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।