धरान : देशभरका विभिन्न जिल्लामा ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर कुल कोरोना सङ्क्रमितको सङ्ख्या ३२,६७८ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट निको भएर १८ हजार ८ सय ६ जना घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

देशभरमा मृत्यु हुनेको सङ्ख्या १५८ पुगेको छ ।

मृत्यु हुनेमा ३ महिला ६ जना पुरुष रहेका छन् । मृतकहरू सुनसरी, मोरङ, पर्सा, काठमाण्डौं र सिराहामा १/१ जना तथा रुपन्देहीका ३ जना रहेको छन् ।

सोमवार ३ बजे धरानको बिपी प्रतिष्ठानमा मृत्यु भएका मलाहाना-२, लहान सिराहा ठेगाना भएका २२ वर्षीय युवकको विवरण स्वास्थ्य मन्त्रालयको अपडेटमा छैन ।