धरान : रोटरी क्लब अफ इटहरीले कोरोना संक्रमणको जोखिममा रहेकाहरुलाइ सुरक्षा सामाग्री बितरण गरेको छ ।
क्लबकी अध्यक्ष विजु वैनी श्रेष्ठका अनुसार साेमबार इटहरी वार्ड नंम्बर ७ को बिनाभद्री मुसरी टोलका ७५ परीवारलाई मास्क सेनिटाईजर साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको छ।

वडा नं ७ का वडा अध्यक्ष नर बहादुर राईले जोखीममा रहेको समुदायलाइ आवस्यक सामाग्री उपलब्ध गराएर रोटरीले मानवीय सेवाको काम गरेको बताए।

रोटरी क्लब इटहरीले इटहरी स्थीत प्रदेश १ ट्राफिक प्रहरी कार्यलय र इलाका प्रहरी कार्यालय इटहरीलाई पनि १ हजार थान मास्क, ३० लिटर सेनीटाइजर र ६ सय थान साबुन प्रदान गरेको क्लबकी पुर्ब अध्यक्ष लक्ष्मी थेबेले जानकारी दिइन।

रोटरी क्लब इटहरीले यस अघि पनि जोखिममा रहेको समुदायलाइ आवश्यक सामाग्री सहयोग गर्दै आएको छ।