धरान : धरानमा एक जना बैकका कर्मचारी सहित ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७ पुगेको छ ।

धरानमा कोरोना संक्रमित हुनेहरूमा आज रिपोर्ट आएकाहरूमा यस भन्दा अघि धरान-१७ मा कोरोना संक्रमित भएका आमा छोरीको परिवारकी हुन । उक्त परिवारमा सासू ६१ बर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप अर्का एक जना धरान-१७ कै महिलामा कोरोना सङ्क्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

यसै गरी धरान १६ बस्ने २५ बर्षीया एक जना बैङ्कका कर्मचारीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी धरान घर भएर पनि विराटनगरमा बैङ्कमा काम गर्ने गरेको बताइएको छ ।

विराटनगरमा स्वाब दिएर धरान-१६ घर आएको बेलामा हिजो उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । उनलाई हिजो नै बैङ्कको समन्वयमा उपचारको लागि विराटनगर नै लगिएको बताइएको छ ।