धरान : सुनसरी जिल्ला प्रहरी कार्यालय अन्तर्गतका विभिन्न स्थानको प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवा सहित आज सुनसरीमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएका थुनुवाहरू कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहाक्षेत्र नगरपालिकाका ३ गरी २१ जना थुनुवा रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी हुन ।

यसै गरी इनरुवा नगरपालिका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जना गरी आज मात्रै सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ८५ पुगेको छ भने २ सय ६ जना निको भएर घर फर्किसकेका छन् । यसै गरी २ सय ७९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।