धरान : पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९ महिला र ८० पुरुष सहित १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङ र सुनसरीमा ४८–४८ जना झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सुनसरीको दुहबीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहा नरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवामा १ महिला २ पुरुष, धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमल गाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ का कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ३२ पुगेको छ ।

प्रदेश १ मा आज ४९ डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ३ सय ३२ पुगेको छ । प्रदेश १ मा आज २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ८० हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।