धरान : कोरोना सङ्क्रमणबाट विराटनगरमा थप एक जना महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–११ की ४४ वर्षीय महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
हिजो दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले बताए ।
संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो भने उनमा निमोनिया पनि भएको थियो । विराटनगर –१५ मिल्स एरिया घर भएकी महिला विराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको हिजो कोसी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।