धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार कोरोना आशङ्का गरी कोभिड अस्पतालमा भर्ना गरिएकी मोरङकी ६५ बर्षीया महिला, सप्तरीकी २५ बर्षीया महिला, मोरङका ३९ वर्षीय पुरुष र प्रतिष्ठानका कर्मचारीको छोरी २५ बर्षीया एक जना महिला गरी जम्मा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानको हेल्प डेस्कबाट स्वाब सङ्कलन गरिएको र कनट्र्याक्ट टे्रसिङको क्रममा उनीहरूमा कोरोना देखिएको हो ।