धरान : विराटनगरको न्युरो अस्पतालमा आज महोत्तरीका ६० वर्षीय एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको गए राति मृत्यु भएको बताइएको छ । मृतकलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब सङ्कलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि सङ्क्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । मृतक पुरुषमा अन्य रोग पनि रहेको बताइएको छ । गएरातिनै विराटनगरकी एक महिलाको मृत्यु भएको थियो ।