धरान : सुनसरीमा आज २३ जना थप नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएकामा सुनसरीको धरानका १ जना महिला, इटहरीका १४ जना, इनरुवाका ४ जना, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी ८ महिला र १५ पुरुष गरी जम्मा २३ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या ५ सय ८ पुगेको छ ।