धरान : जेनेस सलुसनले पत्रकारहरुलाई भाद्र ९ गते जुमबाट भर्चुअल अन्तर्वार्ता लिने नि:शुल्क कार्यशाला प्रदान गरेको छ ।

कोरोना महामारी नियन्त्रणकालागी भएको लकडाउनले पत्रकारितामा पनि असर पुर्याएकोले भौतिक रुपमा यात्रा गर्न अप्ठेरो अवस्था सिर्जना भएको बेला पत्रकारहरुलाई भौतिक अन्तरवार्तालाई भर्चुअलमा रुपान्तरण गर्न सहयोग प्रदान गर्ने हिसाबले यो कार्यशालाको आयोजना गरिएको जेनेस सलुसनका ग्लोबल जिटिओ अञ्जनी फुँयालले बताए ।

सवारी साधन, अफिसहरु लकडाउनले चल्न नसके पनि समाजमा निरन्तर विचार विमर्श चल्नुपर्छ भन्ने यउदेश्यले भर्चुआल अन्तर्वार्ताको कार्यशाला गरीएको फुँयालले बताए ।

पत्रकारहरुले सकेसम्म भर्चुअल लिन मिल्ने अन्तर्वार्ताहरु भर्चुअल नै लिन प्रोत्साहन गर्दै यो कार्यशालाको आयोजना गरिएको प्रस्तोता पुजा श्रेष्ठले बताइन।

कार्यशालामा राष्ट्रिय दैनिकमा आवद्द पत्रकार तथा विभिन्न अनलाईन पोर्टलमा आबद्द पत्रकारहरुको सहभागिता रहेको थियो । धेरै जना जुम सँग परिचित रहेको तर कसरी अन्तरवार्ता लिने भन्ने प्रश्न धेरै सहभागीको रहेको एक सहभागीले बताए ।

कार्यशालामा सृष्टि श्रेष्ठले जुममा कसरी सुरक्षित रहेर कार्यक्रम गर्ने देखि ब्रेक आउट रुम बारे व्यवहारिक रुपले सिकाएकी थिइन । कार्यशालामा सहभागी मध्ये २० जनालाई १ हप्ताको फ्रि लाइसेन्स अकाउन्ट पनि प्रदान गरिएको छ।