धरान : प्रदेश १ मा आज १ सय ८ थप कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएकामा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ४३ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहबीमा २ पुरुष , धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा सङ्क्रमण देखिएको छ । उता तेह्रथुमको म्याङ्लुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ४० पुगेको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ३ सय ८५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३ सय ५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।