झापा : झापा गाँउपालीका-३ कामाटाेलीमा गाैहत्याकाे बिषयमा स्थानीय र शसस्त्र प्रहरीबीच झडप हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

झडपमा शसस्त्र प्रहरीले १० राउण्ड हावइ फायर गरेकाे थियाे । शसस्त्र प्रहरीकाे गाेली लागेर ३८ बर्षिय स्थानीय रमिकुल आलमकाे मृत्यु भएकाे छ । 

गाेलीलागेर घाइते भएका आलमकाे बिर्तामाेडकाे बिएण्सी अस्पतालमा उपचारकाे क्रममा  मृत्यु भएकाे हाे ।उनकाे पेटमा गाेली लागेकाे थियाे । 

मुस्लिम समुदायकाे बाहुल्यता रहेकाे कामाटाेली क्षेत्रकाे अबस्था अहिले तनाबग्रस्त रहेकाे छ ।