धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज थप ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार प्रतिष्ठानको सर्जरीमा कार्यरत हेल्थ एड ३८ वर्षीय महिला, अर्को कनट्र्याक्ट ट्रेसिङका ४७ वर्षीय पुरुष र प्रतिष्ठानमा उपचार गर्न आएका मोरङका एक ७७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई जना कनट्र्याक्ट टे्रसिङका हुन भने एक जना मोरङबाट पिसाब बन्द भएर उपचारका लागि आएका बिरामी हुन् । उनीहरूलाई आइसोलेसनमा भर्ना गरिसकिएको बताइएको छ ।