धरान : सुनसरीमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ३९ पुगेको छ । आज थपिएकामा धरान उपमहानगरपालिकामा १ जना पुरुष, १ जना महिला गरी २ जना, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष, २ जना महिला गरी ४ जना, दुहबी नगरपालिकामा ७ जना पुरुष, ३ जना महिला सहित १० जना, इटहरी उपमहानगरपालिकामा १ जना महिला र ८ जना पुरुष गरी ९ जना गरेर जम्मा ३१ जना रहेका छन् ।

सुनसरीमा अहिले सम्म २ सय २३ जना कोरोना संक्रमित निको भएका छन् भने ३ सय १३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । सुनसरीमा अहिले सम्म १ जना महिला र २ जना पुरुष गरी ३ जनाको मृत्यु भएको छ ।