धरान : धरान १३ बाट आज ब्राउन सुगर सहित एक जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार धरान १३ बस्ने २० वर्षीय विजय शेर्पाको घरको कोठामा खानतलासी गर्दा सिरानी मुनी प्लास्टिकको बजारे झोलामा लुकाई राखेको अवस्थामा ब्राउन सुगर ३ ग्राम ३ सय मिलिग्राम प्रहरीले फेला पारेको छ ।

उनलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।