धरान : प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएकामा सुनसरीमा ४१, मोरङ र झापामा १४/१४, सङ्खुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा सङ्क्रमण देखिएको छ ।

उता झापाको कमल गाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, सङ्खुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार १ सय ४ पुगेको छ ।

प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका एक पुरुष, मोरङको बेलबारीकी एक महिला र सिराहाको लहानकी एक महिलाको आज मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५ सय १६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।