धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले बिरामीको उपचार गर्न आइतबारदेखी निःशुल्क टेलिफोन स्वास्थ्य परामर्श सेवा सुरु गर्ने भएको छ ।

विभागले टेलिफोन मार्फत स्वास्थ्य परामर्श सेवा दिने भएको हो । विभागले आइतबार देखी शुक्रवार सम्म प्रत्येक दिन बिहान १० बजे देखी १ बजे सम्म यो सेवा दिन लागेको हो । कोभिड १९ सँगै मधुमेह, मुटु, क्यान्सर लगायतका दीर्घरोगीहरू सँगै अन्य बिरामीहरूले समेत निःशुल्क टेलिफोनबाट सेवा लिन सक्ने विभागले जनाएको छ । टेलिफोनबाट परामर्श सँगै आवश्यकता अनुसार सामाजिक सञ्चालनबाट समेत सेवा दिइने विभाग प्रमुख प्रा.डा.सञ्जीव शर्माले बताए ।

ओपिडी जस्तै दैनिक चिकित्सकहरूलाई फोन गरेर यो सेवा लिन सक्ने डा. शर्माको भनाई छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि अहिले अस्पतालहरुले ओपिडी सेवा बन्द गरेका छन् भने अस्पतालहरू कोरोना सक्रमतिको उपचारमा केन्द्रित भएका कारण प्रतिष्ठानको मेडिसिन विभागले यो सेवा सुरु गरेको हो ।

सोमबार र बिहीबार प्रा.डा.सञ्जिकुमार शर्माको टेलिफोन सेवा उपलब्ध हुनेछ भने सोमबार र बुधवार रविन मास्केको सेवा उपलब्ध हुनेछ । यस्तै, बुधवार र शुक्रवार डा.सोनिया दुलालको टेलिफोन हुनेछ भने आइतबार र बिहीबार डा.भूपेन्द्र साह हुनेछन् । सोमबार र बिहीबार डा. रोशन क्षेत्री, मङ्गलवार र शुक्रवार डा.प्रशान्तमणि त्रिपाठी र डा.अगराज उप्रेतीको टेलिफोन ओपिडी सेवा हुनेछ ।

Bp-Teli-Upachar